प्रदेश ५ प्रतिफलयुक्त ठाउँ हो, ढुक्क भएर लगानी गर्नुहोस् : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा लगानीको वातावरण अनुकूल बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएकाे छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन कार्यक्रममा बोल्दै उहाँले लगानीका लागि प्रदेश ५ प्रतिफलयुक्त भएको उल्लेख गर्दै ढुक्क भएर लगानी आग्रह गर्नुभयो ।

प्रदेशको समृद्धिका लागि प्रदेश सरकार प्रयत्नशील रहेको बताउँदै उहाँले अन्य प्रदेशको तुलनामा यस प्रदेशले ७ दशमलब १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु राम्रो शुरुवात भएको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलन सफल बनाउन प्रदेशको दह्रोसाथ रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?