नेप्सेकाे निरन्तर ओरालो यात्रा, घट्न थाल्यो कारोबार : लगानीकर्ता ‘फेष्टिभ मुड’मा

काठमाडौँ। साताको अन्तिम दिन बिहीबार शेयर मापक सूचक १.७३ अङ्कले घटेर ११२९.८० अंकमा झरेको छ । गत तीन दिनदेखि बजारमा शेयर कारोबार घट्दो क्रममा देखिएको हो। तीन दिनमा सूचक ११ अङ्कले घटेको छ। तर शेयर लगानीकर्ता ‘फेस्टिभ मुड’ देखिएका छन्। बजार’फेस्टिभ मुड’ मा  गएसँगै कारोबार रकम र सूचक दुबैमा निरन्तर गिरावट देखिन थालेको छ।

दसैँ नजिकिँदै गर्दा बजारमा दबाब परेको र लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा रहँदा कारोबार रकम समेत घट्न थालेको छ।

शेयर कारोबारबाट बुधवार १६ करोड रुपैयाँ प्राप्त भएको थियो भने बिहीबार १६८ कम्पनीका सात लाख ९९ हजार कित्ता शेयर २१ करोड २५ लाख रुपैयाँमा कारोबार भयो।

त्यसमध्ये माछापुछ्रे बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको पाइएको छ । साथै कारोबार रकमकै आधारमा सानिमा बैंक दोस्रो भएको छ । एक करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरी माछापुछ्रे बैंक पहिलो भयो । भने एक करोड २५ लाख रुपैयाँको शेयर कारोबार गर्दै सानिमा बैंक दोस्रो भएको हो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?