नियम तोडेका कारण बार्सिलोनालाई जरिवाना

एजेन्सी । स्पेनिस फुटबल फेडेरेसनले ला लिगा च्याम्पियन बार्सिलोनालाई जरिवाना गरेको छ । फेडेरेसनले एन्टोनियो ग्रिजम्यान अनुबन्ध गर्दा नियम तोडेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना गरेको हो ।

बार्सिलोनाले ग्रिजम्यानलाई गत जुलाईमा एट्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा अनुबन्ध गरेको थियो । तर, ग्रिजम्यानको रिलिज क्लउज तयार हुँदै गर्दा बार्सिलोनाले सहमति बिना नै उनलाई अनुबन्ध गरेको एट्लेटिकोले आरोप लगाएको थियो ।

एट्लेटिकोले ग्रिजम्यानको रिलिज क्लउज २०० मिलियन रहेको बताएको थियो ।

एट्लेटिकोले ग्रिजम्यान अनुबन्ध गर्दा बार्सिलोनाले नियम तोडेको भन्दै फेडेरेसनमा उजुरी दर्ता गरेको थियो । फेडेरेसनले अनुसन्धान गर्दा बार्सिलोना दोषी देखिएको र जरिवाना गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?