आजदेखि नयाँ नोट उपत्यकासहित कुन कुन ठाउँमा साट्न पाइन्छ ?

काठमाडौं । यस वर्षको दशैंका लागी नेपाल राष्ट्र बैकले आजबाट नयाँ नोट सटही गर्दैछ । प्रत्येक वर्षको दशैंमा राष्ट्र बैंकले सर्वसाधारणको लागी नयाँ नोट सटहीको व्यवस्था मिलाउदै आएको छ । यस वर्ष सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल गरी एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ सम्म नयाँ नोट सटही गर्न पाउने साथै ५ सय र १ हजारका नोट भने चाहेजति वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै अन्य बैंक र वीत्तीय संस्थाले पनि नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।अहिलेसम्म बैंकको थापाथली कार्यालयबाट नोट सटही सुविधा दिँदै आएकोमा यसपटक भवन निर्माणकार्य भइरहेकोले थापाथलीको सट्टा राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाटै सटही सुविधा हुने राष्टबैंकले जनाएको छ । गत वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँको सटही सुविधा दिइएकोमा यो वर्ष भने प्रतिव्यक्ति १८ हजार पाँच सय मात्र उपलब्ध गराईने भएको छ ।५, १०, २०, ५० र १०० दरका एकएक बण्डल उपलब्ध गराईने छ । बैंकले नयाँ नोट सटही निरुत्साहित गर्न खोजेकोले गत वर्षभन्दा यो वर्ष कम दिन लागिएको छ ।

राष्ट्र बैंकले गत वर्षजस्तै यो वर्ष पनि कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाबाट नयाँ नोट सटही हुने जानकारी दिएको छ । जसअनुसार नेपाल बैंकका न्यूरोड, किर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही हुनेछ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखाबाट सटही सुविधा लिन सकिनेछ ।

त्यस्तै कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु शाखाबाट सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ । उपत्यका बाहिर विरागनर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्र्धाथनगर, नेपालगञ्ज र धनगढी क्षेत्रिय कार्यालयबाट पनि सटही सुविधा दिने भएको छ ।

मुद्रा सटहीका यसअघिका वर्षहरुमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलिबाट नयाँ नोट सटही हुँदै आएको थियो । र यसपटक केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट सटही हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै उपत्यका बाहिरका क्षेत्रीय कार्यालयहरुबाट समेत नोट वितरण गरीने भएको छ । यसवर्ष भने सरकारी स्तरका बैंक र ती बैंकका विभिन्न शाखाबाट समेत नयाँ नोट वितरण हुनेछ । राष्ट्र बैंकका अनुसार यस बाहेक सबै बैंक तथा वित्तीय संस्थाबाट समेत नयाँ नोट पाउन सकिने व्यबस्था समेत रहेको छ ।

याे समाचार पढ्न छुटाउँनुभयाे कि ?

नयाँ नोट छाप्नका लागी वर्षेनी ४ अर्व खर्च

राष्ट्र बैंकले ल्यायो नयाँ नोट, २० र ५० नोटहरुमा नयाँ सङ्केत

दशैंका लागी नयाँ नोट असोज १० गतेबाट वितरण गरिने

नयाँ नोट फाहोर बनाउनेलाइ राष्ट्र बैंकले कारबाही गर्ने (सुचनासहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?