कामना सेवाले पायो हकप्रद अनुमति

काठमाडौं, २४ पुस । कामना सेवा विकास बैंकले धितोपत्र बोर्डबाट १५ प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएसँगै माघ ३ गते हकप्रद जारी गर्न सेयरधनी किताब बन्द गर्ने मिति घोषणा गरेको छ यसअनुसार माघ २ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् बैंकले हाल कायम गरेको चुक्तापुँजी २ अर्ब ५ करोड ८२ लाखको १५ प्रतिशत अर्थात दश बराबर एक दशमलव पाँच अनुपातमा ३० लाख ९४ हजार १५४ दशमलव ७७ कित्ता सेयर विक्री गर्न लागेको हो कामना र सेवा विकास बैंक गत साउन २० गतेबाट एक भई एकिकृत रुपमा कारोबार थालेका थिए । राष्ट्र बैंकले तोकेको पूँजी कायम गर्न बोनसले मात्र सम्भव नभएपछि बैंकले हकप्रदको बाटो समातेको थियो राष्ट्रिय स्तरको विकास बैंक हुन बैंकले चुक्तापुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्छ । हकप्रद जारी पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ पुग्नेछ । बाँकी रकम बैंकले बोनस वितरण गरेर कायम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?