सीमा नाकामा भारतीय पर्यटकलाइ यसरी स्वागत गरियो

लोकपथ संवाददाता
0
Shares
ef/tLo ko{6snfO{ :jfut s}nfnL, !) c;f]hj -/f;;_M ljZj ko{6g lbj;sf] cj;/df s}nfnL pBf]u afl0fHo ;+3 / xf]6n Joj;foL ;+3 s}nfnLåf/f z’qmaf/ s}nfnLsf] lqgu/ ;Ldf gfsfdf cfof]lht sfo{qmddf ;+3sf kbflwsf/Lx? ef/tLo ko{6snfO{ :jfut ub}{ . t:jL/ Mltns/fh cf]emf

काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले नेपाल र भारत बीचको भाइचाराको सम्बन्ध रहेकाले आफूबाट हुनसक्ने सक्दो सहयोग गर्न तत्पर रहेको बताउनुभयो । साथै उहाँले नेपाल सरकारले मनाइरहेको ‘पर्यटन भ्रमण वर्ष २०२०’ एकदमै राम्रो र शोभनीय कार्यक्रम रहेको विचार व्यक्त गर्नुभयो ।

सहजीकरणको व्यवस्थापन आवश्यक

सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि पर्यटकलाई गन्तव्य स्थानसम्म पुग्नका लागि सहजीकरण वातावरणको व्यवस्थापन गरिनु आवश्यक रहेको कार्यक्रममा सहभागीले बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजत विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागीले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलगायतका व्यवस्थापन प्रणालीमा सहजीकरण गरेर मात्रै पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न सकिने सुझाव दिएका हुन् ।

सहभागी वक्ताले धार्मिक तथा सांस्कृतिक सम्पदाहरुलाई आस्थाका केन्द्रविन्दुमा राखी प्रचार–प्रसार गर्नुपर्ने, पर्यटकका लागि पर्यटकीयस्थलसम्म पुग्न सकिने राम्रो बाटोघाटो, गाँसबासलगायत उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

त्यसैगरी भारतीय पर्यटक तथा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले पर्यटकको सहजताका लागि सीमानाकामा हेल्पडेस्क राखिनुपर्ने बताउनुहुँदै अनावश्यक जाँचलगायतका हैरानी हटाउन आग्रह गर्नुभयो । कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पुष्कर ओझाले पर्यटनको प्रचुर सम्भावना रहेको सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनको विकासका लागि स्थानीय र प्रदेश सरकारसँग हातेमालो गरी अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?