विश्वकै सबैभन्दा वृद्ध हजामको मृत्यु

काठमाडौं | संसारको सबैभन्दा वृद्ध हजामको मृत्यु भएको छ | न्युयोर्क निवासी हजाम एन्थोनी म्यानकिनेलीको १०८ वर्षको उमेरमा निधन भएको छ ।

उनको सेप्टेम्बर १९ मा मृत्यु भएको थियो । उनी ९६ वर्षसम्म कपाल काट्ने पेसामा सम्लग्न भए । एन्थोनीको परिवार सदस्यका अनुसार उनी जीवनको अन्तिम समयसम्म पनि सक्रिय रहे ।
सन् २०१८ मा एन्थोनीको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा विश्वको सबैभन्दा बृद्ध हजामको रुपमा नाम दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?