काठमाडौं– काँग्रेस नेता गगन थापाले भ्रष्टाचार विरोधी अभियन्ता भनिँदै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेहरु कायर भएको संज्ञा दिएका छन् ।
उनले कायरहरुका बारेमा टिप्पणी गर्नुको अर्थ पनि नरहेको जनाएका छन् । ‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने विचरा कायर हरुका बारेमा के टिप्पणी गर्नु ? यो कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ।’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
शनिबार शाही चढेको गाडीमाथि नेकपा निकट युवाहरुको समूहले ढुंगामुढा गर्दा उनी घाइते भएका थिए । उनको राजधानीमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया