जितसँगै वायर्न शीर्ष स्थानमा

एजेन्सी । वायर्न म्युनिखले शनिबार राति भएको खेलमा जित निकालेको छ । वायर्नले एससी पाडेरवोर्नलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पाडेरवोर्नको घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन सेर्गी गेनब्री, फिलिपे कौटिन्हो र रोबर्टो लेवान्डोस्कीले समान एक एक गोल गरे । पाडेरवोर्न केइ प्रोग्रर र जामिलु कोलिन्सले एक एक गोल फर्काए ।

जितसँगै वायर्न लिगको शीर्ष स्थानमा उक्लिएको छ । वायर्नले ६ खेलबाट १४ अंक जोडेको छ ।

पराजित पाडेरवोर्न १ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?