लघुवित्त बैंकर्सको चुनाव आज , लम्साल र शर्माको प्रतिष्प्रर्धा : कस्ले मार्ला त बाजी ?

काठमाडौं । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था लघुवित्त बैंकर्सको चुनाव आज हुने भएको छ । विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्साल र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले अध्यक्षमा उम्मेद्वारी दिनेहुनुभएको छ । ।

अहिलेको कार्यसमितीमा लम्साल महासचिव हुनुहुन्थ्यो भने शर्मा उपाध्यक्ष हुनुहुन्थ्यो । साथै शर्मा भने अघिल्लो पटक पनि अध्यक्षको उम्मेद्वार रहनुभएको थियो । तर तत्कालीन कार्यबाहक अध्यक्ष रामचन्द्र जोशीले नै अध्यक्ष हुने भएपछि शर्मालाइ अर्को पटक सर्वसम्मत अध्यक्ष बनाउने सर्तमा उम्मेद्वारी फिर्ता दिन लगाइएको थियो । तर जोशीको कार्यकाल पूरा भएपछि सर्वसम्मत अध्यक्ष बन्ने योजनामा रहेका शर्माविरुद्ध लम्सालले उम्मेद्वारी दिने तयारी गरेका हुन् । लम्सालले चुनावकै लागि भनेर सीईओहरुसँगको छलफललाई तीव्र बनाइएको पाइएको छ ।

हाल अध्यक्षको मैदानमा शर्मा र लम्साल देखिएपनि अन्य वित्तिय संस्थाका सिइयो तथा अन्य कर्मचारीहरुले पनि उम्मेद्वार बन्ने आकांक्षा राख्दै आएका छन् । ग्रामीण विकास बैंकका सीईओ पर्वत कार्कीले पनि आकांक्षा देखाउनुभएको छ । साथै फस्र्ट माइक्रोफाइनान्सका सीईओ भेषबहादुर पन्थीले उम्मेद्वारी घोषणा भने दिइसक्नु भएको छ ।

तर प्रकाशराज शर्माको प्यानलले भने लम्साललाई उपाध्यक्ष दिएर आफु सर्वसम्मतअध्यक्ष बन्ने ध्यानमा लागेका छन् । तर लम्सालले भने आफू अध्यक्ष बाहेक अरु नहुने भन्दै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?