कुकुरलाई दैनिक एकपटक घुमाउनैपर्ने, नटेरे २७ सय डलरसम्म जरिवाना 

एजेन्सी । अष्ट्रेलियाको राजधानी क्यानबेराका कुकुरधनीले अब दिनमा एक पटक आफ्नो कुकुर घुमाउनै पर्नेछ । स्थानीय प्रशासनले यो नयाँ व्यवस्था ल्याएको हो ।
यो नियम पालना गर्न नसकेको अवस्थामा व्यक्तिले २७०० डलरसम्म जरिवाना तिर्नुपर्नेछ । सरकारले जीवजन्तु कल्याण विधेयक संशोधन ऐनलाई लागू गरेपछि यो व्यवस्था कार्यान्वयनमा आएको हो । ऐनमा जनावर कल्याणसम्बन्धमा कडा कानुनी व्यवस्था गरिएको छ ।
यस ऐन अनुसार कुकुरधनीले आफ्नो कुकुरलाई उचित भोजन, आवास र पानीको व्यवस्था गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?