नेपाल बैंकको सीइयोमा अधिकारी : यस्ताे छ १६ वर्षे बैंकिङ्ग क्षेत्रको यात्रा

काठमाडौं । नेपालमा पहिलो पटक स्थापना भएको बैंक नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सिइयो मा कृष्णबहादुर अधिकारी नियुक्त हुनुभएको छ ।

अधिकारी आगामी ४ बर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त हुनुभएको हो । शनिबार बसेको संचालक समितिको बैठकले अधिकारीलाई सिइयोमा नियुक्त गरेको हो ।

२०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गर्नुभएका अधिकारी न्युरोड शाखा प्रमुख, सहायक कार्यकारी प्रमुख, कामु सीईओ हुँदै अन्तत् नेपाल बैंकको प्रमुख कार्यकारी बन्नुभएको हो । साथै अधिकारीसंग नेपाल बैंकमै १६ बर्षदेखि काम गरेको अनुभव छ । नेपाल बैंककै करियर बैंकर रहेका अधिकारि कर्जा बिभाग प्रमुख समेत भएर काम गर्नुभएको थियो ।

साथै उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए समेत गर्नुभएको छ ।

नेपाल बैंकका तत्कालीन प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि ६ महिना कामु सिइओ बन्नुभएका अधिकारीले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सीईओमा नियुक्त हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?