काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मानव सेवा आश्रमका लागि १ करोड सहयोगको घोषणा गरेका छन् । मानवसेवा आश्रमले असहाय मानिसहरुको उद्दार गरी आश्रय दिँदै आएको छ ।
अाईतबार भक्तपुरको कौशलटारमा भएको मानवसेवा आश्रम भक्तपुर शाखा गृहप्रवेश एवम् उद्घाटन कार्यक्रममा ओलीले १ करोड दिने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमको बारेमा पत्नी राधिका शाक्यबाट थाहा पाएपछि अभियन्ताहरुलाई बोलाएर सम्मान गरेको बताए ।
उनले सडकमा अलपत्र परेकाहरुलाई नयाँ जीवन दिने काम सरकारी तबरभन्दा पनि हृदयबाट सेवाभाव उत्पन्न हुनेबाट प्रभावकारी हुने बताए ।
शनिबारदेखि भक्तपुर शाखामा सडकमा अलपत्र परेका परेका ११ जनालाई उद्दार गरि राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया