नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओखलढुंगा जिल्ला कमिटी सचिवालय सदस्य अशोक थापाले आफ्नै पार्टीका वडा अध्यक्षमाथि कुटपिट गरेका छन् ।
शनिबार बेलुका पार्टीको आन्तरिक बिबादका कारण थापाले चिसंखुगढी गाउँपालिका २ का वडा अध्यक्ष नरेन्द्र वस्नेतलाई गिलास प्रहार गरेका हुन् । गिलास प्रहारबाट बस्नेतको आखामाथी चोट लागेको छ । पार्टीको कार्यक्रम सकेर वडा नं. २ स्थित पोखरेमा खाजा खाने क्रममा विवाद हुँदा थापाले आफुँमाथि गिलास प्रहार गरेको घाईते वस्नेतले बताए ।
उनको खानीभञ्ज्याङ्स्थित स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । बस्नेत नेकपाका चिसंखुगढी गाउँपालिका कमिटीका अध्यक्ष समेत हुन् ।
नेकपा जिल्ला कमिटी सचिवालय सदस्य थापाले आफू र प्रदेश सभाका सांसद अम्बिरबाबु गुरुङलाई जोडेर गाली गलौज गर्दै आक्रमणको प्रयास गरेकाले प्रतिवाद गर्न खोज्दा उनी घाईते भएको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया