नापोलीको जितमा ब्रेसिया स्तब्ध !

एजेन्सी । इटालियन सिरी ए फुटबलमा नापोलीले ब्रेसियालाई पराजित गर्दै जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई २-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा नापोलीलाई जित दिलाउन ड्रिएस मेर्टेन्स र कोस्टास मोनालासले एक एक गोल गरे । ब्रेसियाका मारियो बालोटेलीले एक गोल फर्काए ।

जितसँगै नापोली लिगको चौंथो स्थानमा उक्लिएको छ ।

नापोलीले ६ खेलमा १२ अंक जोडेको छ । ६ अंक जोडेको ब्रेसिया १४ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?