विप्लव समूहका ३ जनालाई दुर्व्यवहार मुद्दा

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका विद्यार्थी जिल्ला संगठन संयोजकसहित ३ जनालाई मुद्दा चलाइएको छ । विप्लव समूहका नैनसिंह खड्का, वीरेन्द्र यादव र शारदा भण्डारीलाई प्रहरीमाथि दुर्व्यवहार मुद्दा चलाएको हो ।

उनीहरुलाई हिँडिरहेको अवस्थामा उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुर्व्यवहार गरेपछि पक्राउ गरी दुर्व्यवहार अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई शुक्रबार सुनवलबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?