प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर बोडे बस्ने धादिङ घर भएका बा.३५ प ५३०० नम्बरको मोटरसाइकल चालक २८ वर्षीय राजु चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा नियमित रात्रीकालीन जाँच गर्ने क्रममा चौधरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकोले १ हजार रकम दिई प्रहरीलाई प्रलोभनमा पार्न खोजेकोले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?