सभामुख महरामाथी कारबाहीको माग गर्दै काङ्ग्रेस नेता पौडेलले राखे यस्तो धारणा

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपका विषयमा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राज्यका सम्बन्धित् संयन्त्रहरुले निष्पक्ष भएर छानबिन गर्नुपर्ने माग गर्नुभएको छ ।

साथै महरामाथि अब राज्यको छानबिन तथा अनुसन्धान प्रक्रियालाई सहयोग गर्नुको विकल्प नरहेको भन्दै पौडेलले घटनाको छानविन सामान्य नागरिक सरह हुनुपर्ने बताउनुभएको छ ।

बलशाली व्यक्तिहरुले विगतमा शक्तिको आडमा अनुसन्धान नै प्रभावित हुने गरेको थियो । तर अब फेरि त्यस्तो प्रवृत्ति किमार्थ दोहरिन नहुने पौडेलको भनाइ रहेको छ ।

सभामुख जस्तो मर्यादित पदमा रहेका व्यक्ति माथिको यस्तो आरोपले संसद्को गरिमा र नेतृत्वप्रतिको मर्यादा समाप्त हुने खतरा समेत पौडेलले औल्याउनुभएको छ ।

विगतका घटनाहरुबाट नै आम मानिसको राज्य र प्रशासनप्रति विश्वास टुट्दै गएको छ । तर यो घटनामा राज्यले दोषीलाइ कुनै किसिमको गल्ती नगरी कानुनी कठघरामा उभ्याउनु पर्नेमा पौडेलले जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?