महरालाई पक्राउ गर्नुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्नुपर्ने माग राख्दै मंगलबार दिउँसो राजधानीमा प्रदर्शन भएको छ । सर्वसाधरणले माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै महरालाई पक्राउ गर्न माग गरेका हुन् ।
महराले संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप छ । उनमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि आज उपसभामुखसमक्ष राजीनामा दिएका थिए ।

यसैबीच पार्टीले संसद र सभामुख पदबाट राजीनामा गर्न दिएको निर्देशन अटेर गर्दै सभामुख पदबाट मात्रै राजीनामा दिएका महरालाई पार्टीले अब सांसदका रुपमा नचिन्ने भएको छ ।

नेकपा संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्वाङले महरा अबलाई पार्टीको सांसदका रुपमा नचिन्ने प्रतिक्रिया दिनुभएको छ । त्यस्तै महान्याधिवक्ता अग्नी खरेलले महरामाथि आममानिस सरह कारबाही हुने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?