दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने

विराटनगर, २४ पुस – नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले राजनीतिकर्मीबाहेक अन्य सामाजिक क्षेत्रमा रहेका व्यक्तिलाई दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने बताउनुभएको छ विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले दलहरुको सहमतिमा आगामी केही दिनभित्र नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने जानकारी दिनुभयो । “संघीय संरचनामा मुलुक गएको हुनाले काठमाडौँमा प्रदेश सदस्यलाई शपथ ग्रहण गराउन उचित हुँदैन”, उहाँले भन्नुभयो उहाँले राष्ट्रियसभा अध्यादेश, राष्ट्रियसभा निर्वाचन, समावेशी भावना आदि संवैधानिक प्रक्रियाका कारण सत्ता हस्तान्तरणमा केही ढिलाइ भएको प्रष्ट पार्नुभयो । मुलुकको संघीय संरचनालाई सफल बनाउन सबै दल एक ढिक्का भएर लाग्नुपर्ने बताउँदै उहाँले संविधानको मर्मअनुसार सबै वर्ग र समुदायको भावना समेटी यसको कार्यान्वयन गर्नु दलहरुको जिम्मेवारी रहेकामा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?