चाडपर्वको मौका छोपी बढी भाडा असुल्ने २ सय ३२ जना पक्राउ, यस्तो छ भाडादर (जानी राखौं)

काठमाडौं । चाडपर्वको मौका छोपी बढी भाडासमेत असुल्ने २ सय ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले असोज ५ गतेदेखि आजसम्म २ सय ३२ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

प्रहरीले उपत्यकाभित्रका विभिन्न १४ वटा स्थानमा सेवाग्राहीको लागि गुनासो डेस्कसमेत सञ्चालनमा ल्याएको छ। प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन पनि गरेको छ।

गत असोज ५ गतेदेखि १४ गतेसम्म उपत्यकाबाट करिब १ लाख ३७ हजार ८६ वटा सवारीसाधन बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। त्यस्तै यो अवधिमा उपत्यकाबाट करिब ११ लाख ९१ हजार ९८८ मानिस बाहिरिएका छन्।

दशैं, तिहार र छठ पर्व मनाउनको लागि घर फर्कनेहरुले उपत्यकामा रहेका टिकट काउन्टरमा अहिलेसम्म १ लाख २७ हजार ३ सय ६ वटा अग्रिम टिकट बुकिङ गरिसकेका छन्। गत १० गतेदेखि यात्रुको लागि अग्रिम टिकट खुल्ला गरिएको हो ।
दशैंमा बाहिरिने यात्रुको संख्या बढेसंगै यातायात व्यवसायीले डिलक्स र सुपर डिलक्स गाडी थप्न थालेका छन् ।

उनीहरुले यात्रुको सुविधाका लागि भन्दै डिलक्स र सुपर डिलक्स गाडी थप्न थालेका हुन् । अरु गाडीको तुलनामा भाडा केही महंगो भए पनि सुविधा हुने भएकाले यस्ता गाडीमा यात्रुको आकर्षण बढ्दो छ ।

दशैँमा घर जाने यात्रुले पनि यस्तै गाडी रोज्न थालेका छन् । यात्रुको चाप बढ्न थालेपछि यातायात व्यवस्था विभागले डिलक्स गाडीको पनि भाडादर तोकेको छ । तर चाडपर्वको मौका छोपी बढी भाडा असुल्नेहरुको कमि छैन । कहाँ जान कति भाडादर लाग्छ भन्ने थाहा नहुँदा तपाई ठगिन पनि सक्नुहुन्छ । त्यसैले भाडादरको बारेमा जानाकारी राख्नुहोस् । तपाइले भाडादरलाई आफ्नो मोबाइलमा स्क्रिनसट गरि राख्न सक्नुहुन्छ ।

हेर्नुहोस् साधारण, डिलक्स र सुपर डिलक्स गाडीको भाडादर :-

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/09/Bhadadar-flex.pdf” title=”Bhadadar flex”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?