बडादशैँको पाँचौं दिन : देवताका सेनापतीकी आमा स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं । बडा दशैं हरेक नेपालीको घरघरमा भित्रिएको आज पाँचौ दिन पुगेको छ । पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरि मनाईँदैछ ।भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । स्कन्दमाता देवताहरुका सेनापति कार्तिकेय कुमारकी माता भएका कारण स्कन्दमाता भनिएको हो । स्कन्दमाताको पूजा ले बच्चाहरुको संरक्षण हुने , तथा न्यालयमा बिजय प्राप्तिमा सहयोग हुने मानिन्छ ।
यिनको पाँचौ दिन पूजा गर्नाले काम, क्रोध, लोभ मोह शान्त हुने मानिन्छ । स्कन्दमाताको पूजाले आकाश तत्वको सन्तुलन हुन्छ । यसदिन देवीलाई केराको भोग लगाउने तथा प्रशाद बाँढेर खानाले बुद्धि विकाश हुने मनिएको छ ।

बडादशैंको पाँचौ दिन पनि देशभरका दुर्गा देवीको मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लागेको छ । दशैंको ९ दिनसम्म हरेक दिन छुट्टाछुट्टै देवीको पूजा गर्ने चलनअनुसार बिहिबार श्वेतवर्णकी स्कन्दमाताको पूजा गरिएको हो ।

काठमाण्डु उपत्यकाका भद्रकाली, नक्साल भगवती, शोभा भगवती, मैतीदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको घुइंचो छ । त्यस्तै काठमाण्डु उपत्यका बाहिरका पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, दन्तकाली, जलपादेवी, छत्रेश्वरी, मनकामना, बागेश्वरीलगायतका शक्तिपीठहरुमा पनि विहानैदेखि दुर्गा भवानीको पूजा अर्चना भैरहेको छ ।
दशैंको पाँचौं दिन काठमाण्डुको टेकुस्थित पचली भैरवको पूजा गरी जात्रा मनाउने परम्परा पनि रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?