महराले दोस्रोपटक राजीनामा दिनुको कारण यस्तो !

काठमाडौं | यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खुलासा भएको छ ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले मंगलबार दिएको राजीनामा पत्र अस्वीकृत गरेपछि महराले केही पदावली परिवर्तन गरी दोस्रोपटक राजीनामा पत्र बुझाएका खुलासा भएको हो |

महराले मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका थिए । जसमा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने उल्लेख थियो ।उपसभामुखले अस्वीकृत गरेपछि महराले बुधबार पुनः शर्त हटाएर राजीनामा दिएका हुन् । महराले दिएको राजीनामाबारे संसद् सचिवालयले बुधबार दिउँसो सूचना प्रकाशित गरेको छ ।
संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारमिाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराले मंगलबार राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?