रोशनीका श्रीमान-श्रीमतीबीच सम्बन्ध विच्छेद, श्रीमानले लेखे यस्तो स्टाटस !

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी महिलाका श्रीमान-श्रीमतिबीच सम्बन्ध विच्छेद भएको छ । बिहीबार रोशनी शाही र उनका श्रीमान चित्रजंग शाहीबीच सम्बन्ध विच्छेद भएको हो।

सम्बन्ध विच्छेदमा श्रीमान्-श्रीमती दुबैले हस्ताक्षर गरेको पत्र चित्र जंगले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले फेसबुकमा लेखेका छन् -“हामी २८ बर्ष सम्म संगसंगै दिन बितायैां र समयको गतिसंगै अलग हुने निर्णायमा पुगैका छाै । धन्यवाद शुभचिन्तकहरूमा । ”

सामाजिक संजालमा पत्र सार्वजनिक गर्दै चित्र जंगले २८ वर्षदेखिको सम्बधबाट अलग भएको जानकारी गराएका हुन् ।

संसद सचिवालयमा कार्यरत शाहीले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी थिइन्। हाम्रा कुरा अनलाइनसँगको भिडियो अन्तर्वार्तामा ती महिलाले महराले लामो समयदेखि आफूमाथि दुर्व्यवहार गर्दै आएको दाबी गरेकी थिइन् । तर २४ घण्टा नबित्दै उनले बयान फेरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?