महोत्तरीमा सुस्त मनस्थिति भएकी युवती मृत फेला

काठमाडौं । महोत्तरीको गौशालामा सुस्त मनस्थितिकी एक युवती मृत अवस्थामा भेटिएकी छिन् । गौशाला नगरपालिका-१० निवासी २२ वर्षीया शर्मिला दनुवार मृत फेला परेकी हुन् । सुस्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् ।

प्रहरीका अनुसार गौशाला नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार बिहान युवतीको शव फेला परेको हो ।

उनको टाउकोमा चोटहरु लागेकाले कसैले हत्या गरेर फालेको आशंका प्रहरीले गरेको छ। बलात्कार भए नभएको बारे भने मेडिकल रिपोर्ट नआएसम्म तत्काल केही भन्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ । पछिल्लो समय बलात्कारको घटना दिनानुदिन बढ्दै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?