चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणः रेलमार्गदेखी सडकमार्ग निर्माणका विषयमा छलफल हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिङ नेपाल आउने कुरा यतिखेर नेपालमा चर्चाको विषय बनेको छ । आगामी असोज २५ गते भ्रमण गर्ने कार्यक्रम रहको छ । साथै चिनियाँ राष्ट्रपति आउने कुरासँगै बिभिन्न किसिमका सम्झौता एवं अनुदान साथै बिकास निर्माणका विषयमा पनि छलफल कति सम्म होला भन्ने कुराको बिभिन्न आंसक ागर्न थालिएको छ ।

साथै रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ ।

यस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको एक परराष्ट्र अधिकारीले बताउनुभएको छ ।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त रहेको पाइएको छ।

त्यस्तै द्विपक्षीय छलफलमा केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग, तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका कुरा नै छलफलको मुख्य विषय हुनेछन्।

साथै हिल्सा नाकाको विकाससँगै रेलमार्ग निर्माण , किमाथान्का–धनकुटा–हिले सडक निर्माणपनि एजेन्डामा समावेश छ। यस्तै गल्छी–रसुवागढी–केरुङ प्रसारण लाइन र कर्णाली जलविद्युत् आयोजनामा पनि छलफल हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आग्रहमा उहाँका पति महासचिव स्व। मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालयका लागि चिनियाँ सहयोग मागिने पनि सहमतिमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?