महरा प्रकरण : घटना निष्पक्ष छानविन गर्न नेपाल नर्सिङ एसोसिएसनको माग

काठमाडौँ । नेपाल नर्सिङ एसोसिएसनले रोशनी शाहीसँग जाडिएको घटनाको सत्य तथ्य छानविन गर्न माग गरेको छ ।

संघले आज विज्ञप्ति एक जारी गर्दे आइतबार नर्स शाहीको पूर्वसभामुख कृष्णबहादुर महरासँगको जोडिएको घटना निष्पक्ष छानविन गर्न माग गरेको हो ।

गत आइतबार तत्कालिन सभामुख महराले शाहीमाथि यौन दुर्व्यहार गरेको समाचार संचारमाध्यममा सार्वजनिक भएको थियो । यद्यपि शाहीले त्यसको २४ घण्टा मै आफूमाथि दुर्व्यहार नभएको भन्दै बयान फेरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?