दशैँको समयमा इन्धन अभाव नहुने: असुक्षित भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं । यो वर्षको दशैँका बेला इन्धनको अभाव नहुने नेपाल आयल निगमले जनाएको छ । अघिल्लो वर्षहरुको दशैँको समयमा इन्धनको अभाव हुने भन्दै उपभोक्ताले असुरक्षित किसीमको भण्डारण गर्ने पाइएको थियो । यो वर्ष त्यस्तो अभाव नहुने भन्दै त्यसरी भण्डारण समेत नगर्नका लागी उपभोक्तालाइ निगमले आग्रह समेत गरेको छ ।

बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट झरिरहेको पनि नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले जानकारी दिनुभयो । यस्तै पाइपलाइनका कारण बिस्थापित करिब ३ सय ट्याङ्करमा पनि इन्धन भरेर स्ट्याण्डबाई राखिएको छ । यसका अलवा डीपोहरुमा इन्धन पुर्‍याएर फर्कीने सबै ट्याङ्करमा पूर्ण रुपमा इन्धन भरेर राखिने निगमले जनाएको छ ।

सबै डीपोहरुमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरेको र दशैंमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने कार्यकारी निर्देशक पौड्यालको भनाइ रहेको छ ।

दैनिक ५ सय किलोलिटर पेट्रोल सामान्य अवस्थामा खपत हुने काठमाडौं उपत्याकामा बुधबार ३ सय किलोलिटर बढी माग आएको निगमले जनाएको छ । यस्तै निगमले आफ्नो डीपोहरुलाई पनि आवश्यक परेको बेला जुनसुकै बेला कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन पत्राचार समेत भैसकेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?