काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा स्थिरता देखिएको छ । बिहिबार प्रतितोला छापावाला सुनको भाउ ७० हजार ९०० मा कारोबार भएको थियो । साथै बिहीबार पनि सुन यही कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनमा पनि स्थिरता देखिएको छ । शुक्रबार ७० हजार ६०० मा कारोबार भएको छ ।
त्यस्तै चाँदीको मुल्यमा पनि स्थिरता देखिएको छ । बिहिवार प्रतितोला चाँदीको मुल्य ८ सय ५० रुपैयाँ कायम भइ कारोबार भएको थियो भने आज पनि चाँदीको मुल्य ८ सय ५० रुपैयाँ नै कायम भइ कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।
यस वर्ष सुनको मुल्यमा निकै उतारचढाव आएको छ । यस वर्ष सुनको मुल्यले अहिलेसम्मकै नयाँ कृतिमानी कायम गरेको छ । २०७६ साल भाद्र ९ गते ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइ सुनको मूल्य हालसम्मकै उच्च भएको थियो भने असार ५ गते यसअघिको सुनको मूल्यलाई तोड्दै सुन ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसबीच सुनको मुल्यले पटकपटक नयाँ रेकर्ड पनि राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया