१५ किलो चाँदीसहित धुम्बाराहीबाट एक पक्राउ

काठमाडौं । १५ किलो नक्कली चाँदीसहित आज प्रहरीले एक जनालाइ प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग थाक्रेगाउपालिका वडा नं ११, महादेवबेसि घर भएका ३३ वर्षिय राज सापकोटा रहेका छन् । सापकोटा हाल महालक्ष्मी नगरपालिका ११ इमाडोलमा तिलहरि ज्वेलर्स सन्चालन गर्दै आएको पनि प्रहरीले जनाएको छ ।

महानगरिय पहरीको वृत महाराजगन्जको टोलीले सापकोटालाई धुम्बाराहीबाट प्रक्राउ गरिएको महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिनुभयो ।

साथै सापकोटा सहित समातिएको चाँदीको मुल्य बजारभाउ अनुसार १० लाख ५० हजार रुपैयाँ बराबरको रहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?