आज सप्तमी अर्थात् फूलपाति : कालरात्री देवीको पूजा, घरघरमा घरघरमा फूलपाती भित्र्याइदै

काठमाडौं । आजदेखि हिन्दुहरुको दशैंको खास दिन सुरु हुन्छ । जागिरेहरु घर फर्किन्छन् । आजको दिनलाई फूलपाती पनि भनिन्छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । कालरात्रीमा देवीलाई कतिपयले बली दिन्छन् नवरात्रीको सातौं दिन कालरात्री देवीको पूजा आरधना गर्ने गरिन्छ ।
कालो स्वरुप भएकाकारण कालरत्री भनिएको हो । शास्त्रमा कालरात्रीको स्वरुपको स्मरण मात्रले दुष्ट दैत्य, दानव, राक्षस, भूत–प्रेत सबै भय शान्त हुन्छ । कालरात्रीको पूजा आराधनाले मनुष्यको अज्ञान, अन्धाकार आदि नष्ट हुने मानिन्छ ।
यसदिन घरकोतमा फूल पाती पनि भित्राउने गरिन्छ ।
सप्तमीको दिन फूल पातीस्वरुप केरा, दारिम, धान हलेदो, माने, कर्चुर, वेल, अशोक, र जयन्ती नौ प्रकारका बस्तु हरु लाई वाजा वजाउँदै बधिवित लगेर घर भित्र अथवा कोट मन्दिर हरुमा भित्रयाउने गरिन्छ । यसलाई नवपत्रीका पनि भनिन्छ । यसदिन कालरात्रीको पूजा गरि गुडनैवेद्य लगाउना तथा दान गर्नाले मनुष्य शोक मुक्त हन्छ भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?