आज महानवमी : देशभर शक्तिस्वरूपा दुर्गा भवानी र हातहतियारहरू तथा सवारी साधन पूजा गरिँदै

काठमाडौं । दशैको अधिल्लो दिन यानि नवरात्रको नवौं दिन भगवती दूर्गाको सिद्धिदात्री स्वरुपको पूजा गर्ने गरिन्छ । सम्पूर्ण सिद्धिप्रदान गर्ने भएकी हुनाले भगवतीको नामनै सिद्धिदात्री पर्न गएको छ ।
यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरूको पूजा तथा विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ ।
यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नव कन्याहरूको पनि पूजाआजा गर्ने गरिन्छ । सिद्धिदात्रीको पूजाले मनको अहंकार मेटिन्छ भनिएको छ ।
यसै दिन पूजन पश्चात् देवीलाई सम्पूर्ण प्रकारको अन्न तथा हलुव, चना, पुरी, खीर, आदिका व्यञ्जनको भोग लगाएर गरीब दुखीलाई बाँट्नाले सबै प्रकारका कष्टको निवारण हुने मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?