सशस्त्र प्रहरीले वडादशैंको अवसरमा राजधानीमा निःशुल्क बस चलाउने

काठमाडौं । सशस्त्र प्रहरीले बडादशैँको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ ।
बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु¥याउने उद्देश्यले निःशुल्क बस संचालन गर्न लागेकाे सशस्त्र प्रहरी बलले जनाएकाे छ ।

काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा प्रदान गर्न सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले ठूलो भ¥याङ, बनस्थली, वालाजुुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाईला, कलंकी, बल्खुुहुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ ।

सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ०८ः०० बजेदेखि संचालन हुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?