अन्तर्राष्ट्रिय बजारमा बढेपनि नेपाल पेट्रोलियम पदार्थको मूल्य यथावत

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि निगमले चाडपर्वलाई मध्यनजर गर्दै इन्धनको साविकको बिक्री मूल्यलाई नै यथावत राखेको छ । भारतीय आयल कर्पोरेशनले निगमलाई अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ छ पैसा, डिजेलमा तीन रूपैयाँ ३६ पैसा, मट्टितेलमा दुई रूपैयाँ ६२ पैसा, हवाई इन्धनमा प्रतिलिटर दुई रूपैयाँ ६४ पैसा तथा एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर १५ रूपैयाँ ९८ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

काठमाडाँै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १०७, डिजेल÷मट्टितेल रु ९५, हवाई इन्धन (आन्तरिक) रु ९४.५०, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर एक अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?