पशुपतिबाट पञ्जाबसम्म १७ दिने धार्मिक यात्रा

काठमाडौँ । शिख गुरु नानकको ५५० औँ जन्मजयन्तीका अवसरमा पशुपतिबाट पञ्जावसम्मको धार्मिक यात्रा शुरु भएको छ ।

यात्रा पशुपतिस्थित निर्मल अखडाबाट पञ्जाबको सुल्तानपुरस्थित लोभीसम्म गरिने छ । श्री गुरुनानकदेव सेवा सोसाइटी क्यालिफोर्निया अमेरिका र संस्थापक अध्यक्ष मञ्जीवसिंह खाल्साको सक्रियतामा १७ दिने यात्रा शुरु गरिएको हो । यात्रामा भजनकीर्तनसहित भक्ति सङ्गीत गरिने निर्मल अखडाका स्वामी गोकुलानन्द वेदान्ताचार्यले जानकारी दिए ।

यात्रा शुरु गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षमा धार्मिक पर्यटक भित्र्याउन शिख समुदायको समेत विशेष भूमिका हुने बताए । पशुपतिबाट पञ्जाबसम्म हुने यात्राले तीन महिनापछिको भ्रमण वर्ष प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपालमा गुरु नानकका छ वटा पीठ छन् । पशुपतिमा निर्मल र भष्मेश्वर अखडा, गुरुनानक मठ बालाजु, शोभाभगवती, थापावथली र ज्ञानेश्वरमा पनि पीठ रहेको स्वामी गोकुलानन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?