छिमेकी देशबाट भएका यस वर्षका चर्चित भ्रमण, जसले देशैभर बहस चल्यो

काठमाडौं। दुई विशाल देशहरु भारत र चीनको बीचमा रहेको भू–परिवेष्ठित देश नेपालले परराष्ट्रको मामलामा असंलग्नताको नीतिलाई अबलम्बन गर्दै आएको छ ।सबै देशसँग समान व्यवहार गर्ने नीति लिएको भनिएपनि छिमेकी देश भारत र चीनसँगको सम्बन्ध कुनै न कुनै रुपमा अन्य देशको भन्दा नजिक छ फरक छ । यद्यपि नेपालको पहिलो कुटनीतिक सम्बन्ध कायम भएको देश भने बेलायत हो ।
नेपालको भारतसँगको सम्बन्धबारे चर्चा गर्दा भूगोल,इतिहास, धर्म, संस्कृति, परम्परा, सामाजिक जनजीवनले नेपाललाई भारतसँग अभिन्नरूपमा जोडेको छ।

अर्कोतिर, नेपालको चीनसँग पनि ऐतिहासिक सम्वन्ध रहिआएको छ। त्यसमा धार्मिक, सामाजिक र सांस्कृतिक अनुवन्धनहरू पनि छन्। तर भूगोलको सीमा, भाषिक, सामाजिक र सांस्कृतिक भिन्नताहरू र भारतमा नेपाली र नेपालमा भारतीयहरूलाई जस्तै सहज आवागमनको व्यवस्थाको अभावमा नेपाल–चीन सम्वन्ध सरकारी र औपचारिक स्तरमा नै सीमित छ भन्न सकिन्छ।

पछिल्लो समय चीनको ‘रोड एण्ड बेल्ट इनिसिएटिभ (बीआरआई)’ परियोजना र अमेरिकाको ‘इन्डो प्यासिफिक’ परियाजनाले नेपाललाई पनि छोएको छ । एक अर्कालाई चुनौती दिइरहेका देश अमेरिका र चीनको परियोजामा नेपाल पनि समावेश हुन विवश छ । विवशपारिएको छ ।
अर्कोतिर विश्व अर्थतन्त्रमा शक्ति राष्ट्रका रुपमा उदाइरहेको भारत पनि छिमेकी देश नेपालसँगको सम्बन्ध सुमधुर भएको चाहन्छ । यद्यपि, नेपाल–भारतबीचको सम्बन्धमा बेला बेलामा उतारचढाव देखिने गरेको छ ।

त्यसैले पनि होला पछिल्लो समय विशेषगरी भारत, चीन र अमेरिकाले नेपालका विविध विषयमा चासो देखाउदै आएका छन् । यस वर्ष भारतमा नरेन्द्र मोदी नेतृत्वको नयाँ सरकार गठन भएलगत्तै नेपालका भारतीय विदेशमन्त्री एस जयशंकरले भ्रमण गरे । लगत्तै चिनियाँ विदेशन्त्रीवाङ यीले पनि नेपाल भ्रमण गरे । एकपछि अर्को छिमेकी देशका विदेशमन्त्रीको भ्रमणलाई चासो रुपमा हेरिको थियो ।

छिमेकी देशबाट भएका यस वर्षका चर्चित भ्रमणः

भारतीय विदेशमन्त्रीको भ्रमणः
भारतीय विदेश मन्त्री एस जयशंकर तीन दिने भ्रमणका लागि विसं २०७४ भदौ ४ गते बुधबार नेपाल आएका थिए । २०७२ सालको भूकम्प पछिको भारतीय नाकाबन्दी लगाउने मुख्य योजनाकार मानिएका जयशंरको नेपाल भ्रमण विशेष चर्चामा रह्यो ।नेपाल भ्रमणका बेला उनको आलोचनार र विरोध समेत भएको थियो । जयशंकरले भारतको मोदी सरकारले दोस्रो कार्यकालका लागि ‘म्यान्डेट’ पाएपछि विदेशमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
नेपाल बसाइँका क्रममा जयशंकरले राजनीतिक भेटघाट गरेका थिए।उनले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका उच्च सरकारी अधिकारीलाई भेटेका थिए ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र डाक्टर बाबुराम भट्टराई भने भारतीय विदेशमन्त्रीलाई जयशंकरलाई भेट्न उनी बसेको द्वारिकाज होटेलमै पुगेका थिए। नेपाल बसाइँका क्रममा उनले मधेशवादी नेताहरुलाई पनि भेट्न भ्याएका थिए ।
प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै पूर्वप्रधामन्त्रीहरू पुष्पकमल दाहाल र माधवकुमार नेपालले भने उनलाई भेटेनन्।

चिनियाँ विदेशमन्त्रीको भ्रमण
नेपालको तीन दिनेऔपचारिक भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी विक्रम संवत २०७६ भाद्र २२ गते आइतबारकाठमाडौं ओर्लिए ।चिनियाँ राष्ट्रपति सी जिङ पिङको सम्भावित नेपालका भ्रमणपूर्व उनी नेपाल आएका हुन् । भ्रमणका क्रममा उनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गने । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।
यस्तै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बेग्लाबेग्लै भेटेर समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरेका थिए ।त्यसअघि दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यीको नेपाल भ्रमणका क्रममा खासै महत्वपूर्ण सम्झौता नभएपनि भ्रमणले चर्चा भने पछिसम्म पायो । जसको मुख्य कारण प्रचण्डको गोप्य भेटघाट थियो । भेटका क्रममा के वार्ता भयो भनेर तत्काल सार्वजिनक भएन तर चिनियाँ विदेशमन्त्री स्वदेश पुगिसकेपछि भ्रमणको चर्चा नेपालमा हुन थाल्यो ।
विदेश मन्त्रीको नेपाल भ्रमणपछि चीन सरकारले जारी गरेको विज्ञप्तिमा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले नेपालले अमेरिकाको ‘इन्डो–प्यासिफिक’ रणनीतिलाई अस्वीकार गर्ने र चीनको पक्षमा उभिने कुरा बताएको उल्लेख गरिएको छ । जून नेपालका राजनीतिमा विशेष चर्चाको विषय बन्यो । यतिसम्म की चीनको नेपाल भ्रमणबारेको विज्ञप्तिले अमेरिका तरंगित बन्यो । तस्वीर : गुगलबाट

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?