दशैँ बिदा : बालबालिकालाई सिकाउनुस् यी कुरा

दशैँको तिहार र छठको लामो बिदा शुरु भइसक्यो । अबको करिब एक महिना स्कुल जाने बालबालिका र कलेज जानेहरुमा छुट्टै खुसी छ । करिब एक महिनाका लागि बच्चाहरुको बिहानै स्कुल जान हतारहतार तयार हुनुपर्दैन । होमवर्क सिध्याउने झन्झट पनि छैन ।
यो लामो बिदामा केटाकेटीहरू खेल्ने तथा रमाइलो गरेर नै बिताउन चाहन्छन् । तर, उनीहरूलाई यो समयको सही सदुपयोग गरेर खेलसँगै क्षमता वृद्धि गराउने कलाहरू सिकाउन अति आवश्यक हुन्छ ।

पछिल्लो समय बिदाको बेलामा केटाकेटीहरु मोबाइल, टेलिभिजन, ल्यापटप, कम्प्युटरमा रमाउने गरेका छन् । उनीहरु खाली समयमा बाहिर खेल्न जाने भन्दा पनि आफ्नै घरमा नै बस्ने गरेको पाइन्छ ।

दशैँको बेलामा बच्चाहरुको साधै अविभावहरुको पनि बिदा हुने भएकाले बच्चाहरुलाई नयाँ कुराहरु सिकाउन सकिन्छ ।

घरमा नै खेल खेलाउने
दशैँको बेलामा सबै बच्चाहरुको बिदा हुने भएकाले उनीहरु घर बाहिर गएर साथीहरुसँग खेल्न मन पराउँछन् । घर बाहिर गएर खेल्न नराम्रो त होइन तर यसले अन्य जोखिम ल्याउन सक्छ ।
अभिभावक तथा बच्चाहरू घरैमा हुने कारण सँगै बस्ने समय पर्याप्त हुन्छ । त्यसलाई सदुपयोग गर्दै उनीहरूसँग खेल्ने तथा रमाइलो गर्ने गर्दा बच्चाहरू खुलेर अभिभावकसँग मनको कुरा व्यक्त गर्ने हुन्छन् ।

उनीहरूलाई खेलकै माध्यमद्वारा राम्रो र नराम्रो बानी तथा विषयका बारेमा जानकारी दिन सकिन्छ । राम्रो व्यवहारको विकास गराउन प्रेरणदायी कथा बनाएर सुनाउनु उपयुक्त हुन्छ ।

घरको काम सिकाउने
दशैँका बेला घर, कोठा र वरपर सरसफाइ गरिन्छ । यस्तो कार्यमा उनीहरूलाई पनि सक्रिय सहभागिता गराउन सकिन्छ । यसले उनीहरूलाई सरसफाइसम्बन्धी चेतनाको अभिवृद्धि हुनाका साथै मिलेर काम गर्ने भावनाको पनि विकास हुन्छ ।

विद्यालयको किताब पढाउने
छुट्टीका समयमा प्रायः बच्चाहरू आफ्नो पढाइ बिर्सने गर्छन् । त्यसैले उनीहरूलाई बिहान तथा बेलुका हरेक दिन निश्चित समय अध्ययन गर्ने तालिका भने बनाउनुपर्छ । लामो बिदा हुने भएकाले उनीहरु खासै पढ्न मन गर्दैनन् जसले गर्दा अध्ययनमा पछि नराम्रो असर पर्छ । त्यसैले उनीहरुलाई बिदाको समयमा पनि केहि समय पढ्न लगाउनु पर्छ ।

नयाँ कुराहरु सिकाउने
छुट्टीमा बच्चाहरूलाई घरमा चित्र बनाउन, अक्षर सुधार्न, नयाँ–नयाँ कथाको किताब पढ्ने बानी बसाल्नुपर्छ । साथै, पिठो मुछेर पढाइसँग विभिन्न सम्बन्धित आकार बनाउन, मूर्ति बनाउनमा सहभागी गराउँदा पनि उनीहरू रमाइलो मान्दै खेल्दै धेरै नयाँ कुराहरु सिकिरहका हुन्छन् ।

किनमेल गर्ने लैजाने
किनमेलमा जाँदा बच्चालाई पनि सँगै लिएर जानु राम्रो हुन्छ । उनीहरुलाई आफुसँगै लैजादा एक उनीहरुलाई घुम्न गएको जस्तो पनि हुन्छ आर्को उनीहरूमा पैसाको महत्वका साथै आफूलाई आवश्यक सामान मात्र किनमेल गर्ने भन्ने सिकाउन सकिन्छ । घरमा एक्लै छाडेर जानु भन्दा आफूसँगै लिएर गयो भने उनीहरुको ध्यान राख्नपनि सजिलो हुन्छ । बालबालिकाहरुलाई फरक संस्कृतिबारे पनि बजारमा सिकाउन देखाउन सकिन्छ ।

ऐतिहासिक ठाँउहरुको बारेमा जानकारी दिने
बच्चाहरूसँग घरबाहिर जाँदै हुनुहुन्छ भने उनीहरूलाई बाहिरी वातावरणका बारेमा आफूलाई जानकारी भएसम्मका इतिहास, भूगोेल तथा अन्य जानकारी दिनु राम्रो हुन्छ । लामो बिदामा बच्चालाई आफ्नो फुर्सद हेरी नजिकका देवी–देवता भएका तथा पर्यटकीय ठाउँमा घुमाउन लैजानु उपयुक्त हुन्छ । जसले गर्दा उनीहरूमा नयाँ–नयाँ कुरा सिक्ने क्षमता विकास हुन्छ ।

दशैँको डायरी बनाउने

बच्चाहरुलाई आफुसँग डायरी राख्न प्रोत्साहन गर्नु पर्छ । यसले बच्चाहरुलाई लेख्ने बानीको विकास गराउँछ । उनीहरुलाई विशेष दिन, तस्वीरको बारेका लेख्न सक्छन् । यसले उनीहरुको लागि भविष्यमा एउटा सुन्दर मेमोरी पनि हुन्छ र उनीहरु व्यस्त पनि रहन्छन् ।

स्वमिंग गर्न लैजानुस्
यदि तपाइको घर नजिकै खोलाहरु छ भने, सम्भव हुँदा पौडि खेल्न लैजानुस् । पानी सँग खेल्न मन पराउनेको लागि यो एउटा उपयुक्त उपाय हुन्छ । खोलाको पानीले बच्चाहरुमा छुटै किसिमको उर्जा उत्पन्न गर्छ । यदि खोलाहरु नजिकै छैन भने स्विमिंग पूलमा लैजान सकिन्छ । त्यहाँ तपाईले उनीहरुलाई रिफ्रेस बनाउन सक्नुहुन्छ ।

पुस्तकालयमा जानुहोस्
नियमित रूपमा तपाईंको स्थानीय पुस्तकालय प्रयोग गर्नुहोस् । अध्ययन, चिन्तन र ध्यान बच्चाहरुको लागि महत्वपूर्ण पक्ष हो । बच्चाहरुलाई किताब उपहार दिनुहोस् । यसले उनीहरुको पढ्ने बानिको विकास गर्छ भने उनीहरुले धैरै नयाँ कुराहरु पनि सिकिरहेका हुन्छन् ।

भिडियो, फोटो, समाचार, ईन्टरनेटबारे जानकारी सिकाउनुहोस्

बच्चाहरुलाई मोबाइल, आईफोन अथवा क्यामराबाट भिडियो बनाउन सिकाउनुहोस् । भिडियो मेकिङ एप्पबाट सानोसानो भिडियोहरुलाई जोड्न सिकाउनुहोस् । यसरी उनीहरुमा नयाँ क्षमताको विकास संगसंगै रचनात्मक मनोरञ्जन पनि लिइरहेका हुन्छन् ।

संगीत, गायन, नृत्य पनि
कति बच्चाहरुको गाउने, नाच्ने इच्छा हुन्छ । बिदाको बेलामा बच्चाहरुको लागि छोटो अवधिको नृत्य र भोकल कक्षा पनि दिने गरेका पनि हुन्छन् ।

अथवा मादल, बाँसुरी, हार्मेनियममध्ये कुनै बाजा बजाउन सिक्ने इच्छा छ भने पनि यो बिदामा पूरा उनीहरुलाई सिकाउन सकिन्छ ।

बालबालिकाको खानपानमा दिनुपर्छ, विशेष ध्यान, लड्न सक्छन् विचार पुर्याऔँ

अन्य बेलाभन्दा दशैंमा खानाको परिकार भिन्न हुन्छ । तर, वयस्कहरूका लागि स्वादिलो हुने तरिकाले घिउ, तेल, मरमसला हाली पकाएका खानेकुरा बच्चालाई दिनु हुँदैन ।
रहलपहल बासी खानेकुरा पनि दिनु हुँदैन । मद्यपानबाट त उनीहरूलाई नितान्त टाढा राख्नुपर्दछ ।

उनीहरूलाई दिइने मासु कमलो, उसिनेको तथा कम मरमसला भएको हुनुपर्छ ।

दशैंमा पिङ खेल्ने र चङ्गा उडाउने परम्परा निकै अगाडि देखिको हो ।

तर, चङ्गा उडाउने क्रममा सावधानी नअपनाएइको खण्डमा अप्रत्यासित रूपमा जोखिमपूर्ण दुर्घटना हुने गरेको पाइन्छ ।

पिङ खेल्ने तथा चङ्गा उडाउने क्रममा अप्रत्यासित दुर्घटना हुन गई बालबालिकाको ज्यान जाने तथा अङ्गभङ्ग भएका घटना धेरे पटक हामीले देखेको र भोगेको पनि हो । त्यसैले अभिभावकको निगरानीमा मात्र बच्चालाई यी कार्य गर्न दिनुपर्छ ।

अभिभावकलाई दशैंका समयमा भ्याइनभ्याई भए पनि उनीहरूले आफ्ना बच्चाको स्वास्थ्यमा विशेष ध्यान पु(याउनुपर्छ ।

बालबालिकाको संगत नियाल्नुहोस् ।

दशैँको बिदा लामो समय हुने भएको कारण पनि आफ्ना बालबालिकाले को सँग संगत गर्दैछन्, के बोल्दैछन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?