महरालाई पक्राउ गर्ने तयारी, प्रहरी उच्च स्रोत यसो भन्छ

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराबाट यौन दुर्व्यवहार भएको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरालाई पक्राउ गर्ने तयारी थालिएको छ ।

सुरुमा यो प्रकरणलाई अन्यत्र मोड्ने गरी रोशनीले आफ्नै सुरुको बोली फेर्दै आफूमाथि कुनै यौन दुर्व्यवहार नभएको दाबीसहित बयान दिएपनि उपलब्ध तथ्यहरुको विश्लेषणबाट महरा रोशनीको निवास पुगेको पुष्टि भएपछि महरालाई कारबाहीको दायरामा ल्याउन चौतर्फी दवाव परेको थियो ।
महरालाई अब पक्राउ गर्न प्रहरीले छलफल थालेको र चाँडै पक्राउ गरिने प्रहरी उच्च स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?