काठमाडौं, २५ पुस– एमाले–माओवादी एकता संयोजन समितिको बैठक कुनै सहमति बिनै सकिएको छ । मंगलबार ४ घण्टा सम्म बसेको बैठकमा पार्टी एकताका विविध विषयमा छलफल भएपनि ठोस उपलब्धि बिनै बैठक सकिएको हो आजको बैठकले कम्तीमा पार्टी एकताका लागि वैचारिक र सांगठनिक विषय टुंगो लगाउन एक कार्यदल बनाउने अपेक्षा गरिएपनि सो समेत हुन नसकेको हो तर, राष्ट्रियसभा चुनाव र सरकार निर्माणका लागि एक समिति भने बनेको छ । समितिमा एमालेका तर्फबाट नेता सुवास नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् अब अर्को बैठक एमाले अध्यक्ष केपी ओली थाइल्याण्डबाट फर्किएपछि मात्रै बस्नेछ । आजको बैठकले वैचारिक र सांगठनिक विषय टुंगो लगाउन एक कार्यदल बनाउने भनिएपछि त्यो नबनाइएपछि एकता प्रक्रिया पनि लम्बिने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया