मैत्रीपुर्ण खेलमा जर्मनसँग अर्जेन्टिनाको बराबरी

एजेन्सी । बुधबार राति भएको मैत्रीपुर्ण फुटबल खेलमा अर्जेन्टिनाले जर्मनसँग बराबरी खेलेको हो ।डर्टमण्डमा भएको खेलमा अर्जेन्टिनाले जर्मनसँग २-२ गोलको बराबरी खेलेको छ ।

घरेलु टोली जर्मनीले १५ औ मिनेटमा सर्ज गन्ब्रीको गोलबाट अग्रता लिएको थियो । २२ औ मिनेटमा काई हाभेर्टेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २-० ले अघि बढेको जर्मनीलाई अर्जेन्टिनाले दोस्रो हाफमा रोक्न सफल भयो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लुकास एलारियोले अर्जेन्टिनालाई खेलमा फर्काउने कोशिश गरेका थिए । ६६ औ मिनेटमा एलारियोले हेडमार्फत अर्जेन्टिनाका लागि गोल गरेका थिए ।

डेब्यु खेलाडी लुकास ओकम्पोसले ८५ औ मिनेटमा अर्जेन्टिनाका लागि बराबरी गोल गरेका थिए । अर्जेन्टिना पहिलो हाफमा एउटा गतिलो प्रहार गर्न समेत असफल भएको थियो । तर वैकल्पिक खेलाडीको रुपमा एलारियोलाई मैदान छिराएपछि खेलमा परिवर्तन आएको थियो ।

जर्मनीका गन्ब्रीले १० औ अन्तराष्ट्रिय गोल गर्न सफल भए । उनले ११ खेल खेल्दै सो गोल संख्या पुरा गरेका हुन् । युरो छनोटको अगाडी जोचिम लेउ नेतृत्वको जर्मनीले मैत्रीपुर्ण खेल खेलेको हो । जर्मनी समुह सीमा १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।

जर्मनीले आईतबार ईस्टोनियासंग युरो छनोटको खेल खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?