काठमाडौं । पाल्पा रामपुर नगरपालिकाका दुई विद्यालयमा भूपू विद्यार्थीद्वारा अक्षयकोष स्थापना गरिएको छ । दरैठाँटी मावि र रामतुलसी माविका भूपू विद्यार्थी शालिकराम कँडेलले ‘सम्मान छात्रवृत्ति’ नामक कोष खडा गरी अक्षयकोष स्थापना गर्नुभएको हो ।
उहाँले दरैठाँटी माविमा ५१ हजार ६०६ र रामतुलसी माविमा ५१ हजार ४७० बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोगस्वरुप कँडेलले बुबा तारानाथ कँडेल र आमा तिलमाया कँडेलका नाममा दुवै विद्यालयमा सो छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ ।
“गरीब तथा जेहेन्दार विद्यार्थीमा सानो भए पनि छात्रवृत्ति सहयोगले पढाइमा हौसला बढोस् भनेर अक्षयकोष स्थापना गरेको हुँ”, उहाँले भन्नुभयो ।
नेपाल फर्मासिटीकल्स ल्याब प्रालिका सेल्स म्यानेजर कँडेलले अक्षयकोषमार्फत वार्षिक रुपमा दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया