नेपालसँग हवाइ सम्झौता गर्न फिन एयरले देखायो चासो

काठमाडौं । नेपाल र युरोपियन मुलुक फिनल्यान्डबीच हवाइ सम्झौता हुने भएको छ । फिनल्यान्डको एयरलाइन्सले काठमाडौं उडान गर्ने इच्छा देखाएसँगै हवाइ सम्झौता हुने सम्भावना बढेको हो । फिन एयरले काठमाडौं उडान गर्ने इच्छा देखाएपनि दुई देशबीच हवाई सम्झौता भने भएको छैन।

कुनै पनि दुई देशका एयरलाइन्सले एकआपसमा उडान गर्नका लागि पहिला हवाई सम्झौता भएको हुनुपर्छ । नेपालले हालैमात्र अष्ट्रेलियासँग सम्झौता गरिसकेको छ भने हालसम्म ४० देशसँग हवाई सम्झौता गरीसकेकाे छ ।

एयरलाइन्सले काठमाडौं उडान गर्ने इच्छा देखाएपछि हवाई सम्झौताका लागि फिनल्यान्डकै तर्फबाट पहल भएको मन्त्रालयका अधिकारीहरुकाे भनाइ रहेकाे छ ।

दुई देशबीच हवाई सम्झौता भएमा फिन एयरले नेपाल उडानका लागि अनुमतिका लागि प्रक्रिया सुरु गर्ने ढोका खुला हुने छ।

फिन एयर फिनल्यान्डको राष्ट्रिय ध्वजाबाहक हो। जसमा सरकारको स्वामित्व ५५ प्रतिशत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?