सास फेर्न गाह्रो भइ अवस्था जटिल भएपछी महरा अस्पताल भर्ना

काठमाडाैं ।  बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको श्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

उच्च रक्तचाप साथै मधुमेहबाट पीडित महरालाई हिरासतमा पनि अक्सिजन दिएर राखिएको थियो । श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि महरालाइ दिउँसो १२ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ ।

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि १९ गते महाअष्टमीको दिन  महरालाइ सभामुख निवास वालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?