उपनिर्वाचनका लागी साढे चार लाख मतदाताः यस्तो छ आयोगको तयारी

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागी साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा उल्लेख रहेको छ ।

त्यसमध्ये २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० जना पुरुष छन् । त्यस्तै २ जना समलिंगी तेस्रोलिंगी मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

मंसिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाको ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउाँलिका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदमा निर्वाचन हुँदैछ ।

रित्त रहका बिभिन्न पदका लागी हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा ७१ हजार ८ सय ७१ मतदाता पुगेका छन् । त्यस्तै प्रदेशसभा सदस्य पदको उपनिर्वाचन हुने भक्तपुरको निर्वाचन क्षेत्रमा ४५ हजार १५, बाग्लुङको निर्वाचन क्षेत्रमा ३६ हजार ९ सय २२६ र दाङको निर्वाचन क्षेत्रमा ७३ हजार १ सय ७२ मतदाता रहेकाे आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिनुभयाे ।

साथै आयोगले उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २ सय ४७ स्थलमा ५ सय ३७ निर्वाचन केन्द्र राखेको आयोगका प्रवक्ता शर्माले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?