आइतबार सार्वजनिक बिदा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार नेपाल सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

चिनियाँ राष्ट्रपति सी भोलि शनिबार चार बजे नेपाल आइपुग्ने तय भएको छ । सरकारले सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको हो।

सि आफ्नो दुई दिने नेपाल भ्रमणका क्रममा नेपालसँग द्विपक्षीय ‘कनेक्टिभिटी’ लगायतका भौतिक पूर्वाधारका विषयमा केन्द्रित हुने बताइएको छ।

साथै बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?