सिन्धुपाल्चोकमा बस दुर्घटना : ७ काे मृत्यु, ५० जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका अन्तर्गतको तिर्खुमोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा कम्तिमा ७  जना यात्रुको मृत्यु भएको साथै ६० जना घाइते भएका छन् । बसमा ८० भन्दा बढी यात्रु सवार रहेका थिए । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी खटिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?