प्रहरी स्थापना दिवस: सञ्जीव राईसहित ४३ अमर प्रहरी घोषित

काठमाडौं । प्रहरी स्थापना दिवसको अवसरमा प्रहरी हवल्दार सञ्जीवकुमार राईसहित ४३ जना अमर प्रहरी घोषित भएका छन् ।

आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष  घोषित गर्दै आएको ‘अमर प्रहरी’ यस वर्ष सन्जीव राईसहित ४३ जनालाई घोषित गरिएको छ । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा सन्जीव राईको मृत्यु भएको थियो ।

त्यस्तै, प्रहरीले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट १ जनालाई सम्मानित गरेको छ । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीलाई उसले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रधान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?