मारिनोलाई हराउदै बेल्जियम युरो कपमा छनोट

एजेन्सी । बिहिबार राति भएको खेलमा सान मारिनोलाई ९-० गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपमा छनोट भएको छ । बेल्जियम युरो कपमा छनोट हुने पहिलो देश हो ।

शीर्ष स्थानको बेल्जियमले ७ खेलबाट २१ अंक बटुल्यो । सान मारिनो अझै अंक विहिन हुदै तालिकाको पुछारमा छ । बेल्जियमले तेस्रो स्थानको साईप्रससंग ११ अंकको अग्रता लिन सफल भएको हो ।

बेल्जियमले पहिलो हाफमै ६-० को अग्रता लिएको थियो । जसमा रोमेलु लुकाकुले दुई, दुई आत्मघाति र नसर चदली र युरी टाइलेमेनले एक एक गोल गरेका थिए । दोस्रो हाफपछि क्रिस्टियन बेनटेक, यारी भर्सेर्केन र टिमोथी केस्टनटले गोल गरेका थिए । लुकाकुले बेल्जियमका लागि ५१ गोल गरे । उनी बेल्जियमका लािग ५० गोल पुरा गर्ने पहिलो खेलाडी बने ।

ईन्टर मिलानका फरवार्ड लुकाकुको पछिल्लो १० खेलमा देश र क्लबका लागि छैटौ गोल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?