सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिकाअन्तर्गतको तिर्खुमोडमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

६ जनाको घटनास्थलमै र २ को अस्पताल लैजाँने क्रममा मृत्यु भएको हो। मृतकको सनाखत नभईसकेको प्रहरीले जनाएको छ ।

बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाटै तल खसेर क्षतिग्रस्त भएको थियो । उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ।

गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?