छोरीको बिहे : पाँच थान किताब दाइजो

काठमाडौं । पछिल्लो समय बिबाह एकदम खर्चिलो साथै भड्किलो बन्दै गएको समाचार हामीले देख्दै र सुन्दै आइरहेका छौ। कतै कतै त बिहेमा धेरै दाइजो नल्याएको भन्दै केटीलाइ कुटपिट तथा ज्यानै समेत लिएका घटना पनि नआएका होइनन् ।

तर एउटा यस्तो बिबाह भएको छ , जहाँ केटी पक्षले केटा पक्षलाइ पाँचवटा किताब उपहार दिएर बिबाह सम्पन्न भएको छ । बुटवल तिलोत्तमा ८, मणिग्राम शब्दपथ निवासी साहित्यकार तथा प्राध्यापक डा. मुरारी पराजुली तथा श्रीमती गीता पराजुलीले आफ्नी छोरी अस्मिता पराजुलीको पाल्पा, मदन पोखरा निवासी पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा संसद्का सांसद् सोमप्रसाद पाण्डेयका छोरा अचलराज पाण्डेयकाबीच बिच भएको बैबाहिक समारोह अन्य भन्दा निकै फरक भयो । दाइजोरहित बिहे कार्यक्रममा कविता र पुस्तक दाइजो दिएर बिहे सम्पन्न भयो ।

विवाह समारोहमा वरपक्षलाई कुनै पनि नगद एवं जिन्सी दाइजो नदिई वधूका पिता मुरारीले छोरीज्वाइँलाई फ्रेममा राखिएको कविता वाचन गरी आफूलिखित पुस्तक उपहार दिएका थिए । भने सम्धीहरुलाई टीका, एकएक वटा गुलाफका फूलसहित दोसल्ला ओढाएर तथा जन्तीहरुलाई टीका र फूल समर्पण गरेर विदाइ गरिएको थियो

उक्त वैवाहिक समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल तथा ५ नम्बर प्रदेशका मन्त्री, सांसद् तथा तथा अन्य थुप्रै साहित्यकारहरुको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?